Kathmandu Press

सर्वोच्चमा बुधबार ११ इजलासमा २७८ मुद्दाको पेशी सूची, सुनुवाइ भने अनिश्चित

सर्वोच्च अदालतमा बुधबार ११ वटा इजलासका लागि दुई सय ७८ थान मुद्दाको पेशी तोकिएको छ। तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि चौतर्फी दबाब बढिरहँदा बुधबार पनि सर्वोच्चमा इजलास बस्ने सम्भावना कमजोर छ।
सर्वोच्चमा बुधबार ११ इजलासमा २७८ मुद्दाको पेशी सूची, सुनुवाइ भने अनिश्चित

काठमाडौं, कात्तिक १० : सर्वोच्च अदालतमा बुधबार ११ वटा इजलासका लागि दुई सय ७८ थान मुद्दाको पेशी तोकिएको छ ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि चौतर्फी दबाब बढिरहँदा बुधबार पनि सर्वोच्चमा इजलास बस्ने सम्भावना कमजोर छ ।

प्रधानन्यायाधीश जबराले बुधबारका लागि दुईवटा पूर्ण इजलास पनि तोकेका छन् । त्यसमध्ये एउटा प्रधानन्यायाधीशको एकल पूर्ण इजलास छ । अन्य संयुक्त इजलास तोकिएको छ । अर्को संवैधानिक इजलास हो, जसमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई तोकिएको छ ।

सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश जबराको बहिर्गमनका पक्षमा उभिएका छन् । बुधबार पनि उनीहरू अलग्गै छलफलमा छन्, इजलासमा जाने सम्भावना कम छ ।

नेपाल बार एसोसिएन, सर्वोच्च बार, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश फोरम, वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराको बहिर्गमनको पक्षमा उभिएका छन् । नेपाल बारले त देशव्यापी इजलास बहिष्कारसहित आन्दोलनमा उत्रिने चेतावनी नै दिएको छ ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्