Kathmandu Press

ललितपुरमा गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं, कात्तिक १० : आगामी शुक्रबारदेखि ललितपुरको जाउलाखेलमा पुष्प प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालले पर्सिदेखि सोमबारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’...
ललितपुरमा गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं, कात्तिक १० : आगामी शुक्रबारदेखि ललितपुरको जाउलाखेलमा पुष्प प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालले पर्सिदेखि सोमबारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्न लागेको हो।

फूलको व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी पुष्प प्रदर्शनी आयोजना गरिने भएको हो। प्रदर्शनीमा ४८ स्टल रहनेछन्। प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

झण्डै ३५ हजार भन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ५० लाख रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ। यस प्रदर्शनीमा स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण समेत गरिनेछ।

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्