Kathmandu Press

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १० : आज पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १० : आज पनि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यससँगै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने भएको छ।

आज बिहान पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:४० बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्