प्रधानन्यायाधीशको राजीनामा माग्ने, नदिए देशव्यापी आन्दोलन गर्ने बारको निर्णय
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग्ने निर्णय गरेको छ।
काठमाडौं, कात्तिक ९ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलनमा उत्रिने निर्णय पनि बारले गरेको छ ।
मंगलबार साँझ बसेको बार पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । ‘प्रधानन्यायाधीशको राजीनामा माग्ने र नदिएमा देशव्यापी आन्दोलनमा उत्रिने निर्णय गरेका छौँ,’ बार महासचिव लीलामणि पौडेलले काठमाडौं प्रेससँग भने ।
मंगलबार साँझ बारले विज्ञप्ति प्रकाशित गरी प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बारको सल्लाहकार समितिको बैठकको सुझावसमेतका आधारमा उनलाई पदत्याग गर्न आह्वान गरेको छ ।
प्रधनान्यायाधीश जबरा निरन्तर रूपमा एकपछि अर्को विवादमा तानिँदै आएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकाले अब उप्रान्त उनीबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने तथा यस विषम र विकराल परिस्थितिलाई समाधान गरी सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भइसकेकाले राजीनामा दिएर निकास दिन बारले विज्ञप्तिमा आग्रह गरेको छ ।
यसअघि मंगलबार अपराह्न सम्पन्न बार सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै देशव्यापी आन्दोलन थाल्नुपर्ने सल्लाह दिएको थियो ।
यस्तो छ बारको विज्ञप्ति












-1788856868.jpg)
