Kathmandu Press

प्रदेश १ मा १०७ मा कोरोना सङ्क्रमण

विराटनगर, कात्तिक ९ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा...
प्रदेश १ मा १०७ मा कोरोना सङ्क्रमण
Hardik ivf

विराटनगर, कात्तिक ९ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा ८३ र १७५ को एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। 

पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा तीन, इलाममा दुई र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ३२ महिलासहित ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ। 

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्