Kathmandu Press

प्रधानन्याधीशबारे संसदले समिति गठन गरी यथार्थ छानविन गर्नुपर्छ : रावल

काठमाडौं, कात्तिक ९ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानन्याधीशको क्रियाकलापबारे प्रश्न उठेको भन्दै संसदले अधिकारयुक्त समिति गठन गरी छानविन गर्नुपर्ने बताएका छन्...
प्रधानन्याधीशबारे संसदले समिति गठन गरी यथार्थ छानविन गर्नुपर्छ : रावल

काठमाडौं, कात्तिक ९ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानन्याधीशको क्रियाकलापबारे प्रश्न उठेको भन्दै संसदले अधिकारयुक्त समिति गठन गरी छानविन गर्नुपर्ने बताएका छन् ।

रावलले आज साँझ एक ट्वीट गर्दै लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनुपर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्,‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्र.न्या.को क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ। लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनैपर्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्याधीशका बारेमा कुनै टीकाटिप्पणी नगर्ने बताइरहेका बेला सोही पार्टीका उपाध्यक्ष रावलको यस्तो धारणा आएको हो  ।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्