न्यायालयको मामिलामा काँग्रेसले कुनै हस्तक्षेप गर्दैन : नेता पौडेल
काठमाडौं, कात्तिक ९ : सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।मंगलबार सिंहदरबारमा भएको...
काठमाडौं, कात्तिक ९ : सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने प्रष्ट पारेका हुन् ।
न्यायालयमा असहज परिस्थिति बनेको उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिती बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन ।’
प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
