विभागले खुलायो स्मार्ट लाइसेन्सको नयाँ आवेदन
काठमाडौं, कात्तिक ९ : यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन फाराम खुलाएको छ ।दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६...
काठमाडौं, कात्तिक ९ : यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन फाराम खुलाएको छ ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको आवेदन झन्डै छ महिनापछि खुलाएको हो । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नयाँ आवेदनको लागि वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिनेछ । सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:५३ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
