Kathmandu Press

मंसिरभित्र महाधिवेशन सक्ने कार्यतालिका बनाउन कांग्रेस सभापति देउवाको निर्देशन

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन्।
मंसिरभित्र महाधिवेशन सक्ने कार्यतालिका बनाउन कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस शीर्ष नेता र निर्वाचन समितिको बैठकमा देउवाले मंसिरभित्रै महाधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

बैठकमा निर्वाचन कार्यतालिकाबारे छलफल भएको थियो । तत्काल केन्द्रीय समिति बैठक बसेर बाँकी विषय टुंग्याउने निर्णय पनि बैठकमा भएको छ ।

बैठकमा सभापति तथा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत र निर्वाचन समितिका सदस्यहरू उपस्थित थिए ।

कांग्रेसले ५१ जिल्लामा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । १३ वटा जिल्लामा जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ । बाँकी १३ मध्ये रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद टुंगिन सकेको छैन । ती जिल्लामा छठपछि मात्रै अधिवेशन सुरु गर्ने बैठकले निर्णय गरेको छ । कांग्रेसले आगामी ९-१३ मंसिरमा महाधिवेशन गर्ने मिति तोकेको छ ।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्