लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको सामाजिक सक्रियता
लेबनानमा तैनाथ नेपाली सेनाको बर्दबहादुर गण शान्ति मिसनको ६२ औँ डफ्फाले संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा जनहितका कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं, कात्तिक ९ : लेबनानमा तैनाथ नेपाली सेनाको बर्दबहादुर गण शान्ति मिसनको ६२ औँ डफ्फाले संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा जनहितका कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस अवसरमा दक्षिण लेबनानका बासिन्दालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुग्ने गतिविधि सञ्चालन गरिएको सेनाले जनाएको छ ।
शान्ति मिसनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकाका सरकारी विद्यालयहरूमा दन्त स्वास्थ्य र मुखको हेरचाहसम्बन्धी सचेतना कक्षा सञ्चालन गरेको थियो ।
यस्तै, ‘हरियाली लेबनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा रोपण गरिएको थियो ।साक्रा नगरपालिकाका प्रमुखको अनुरोधमा स्थानीय हाटबजार लाग्ने करिब चार सय मिटर लामो सडकखण्डमा रंगरोगन गरी छुट्टाछुट्टै करिडोरसमेत स्थापना गरिएको थियो ।
प्रकाशित मिति: १७:१० बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
