नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औँ बैठक ११-१२ कात्तिकमा बैंगलोरमा
नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औँ बैठक ११–१२ कात्तिकमा भारतको बैंगलोरमा हुने भएको छ ।
काठमाडौं, कात्तिक ९ : नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औँ बैठक ११–१२ कात्तिकमा भारतको बैंगलोरमा हुने भएको छ ।
नेपाल र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा नियमित छलफल गर्ने उद्देश्यले सन् २००३ मा द्विपक्षीय परामर्श समूह गठन भएको थियो । सन् २००३ देखि २०१८ सम्म गरी यस समूहका १३ वटा बैठक सम्पन्न भइसकेका छन् । चैत ०७६ का लागि नयाँदिल्लीमा बस्ने तय भएको १४ औँ बैठक कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भारत जाने तयारीमा रहेको नेपाली सेनाले जानकारी दिएको छ । टोलीमा रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकारीहरू सम्मिलित हुने छन् ।
बैठकमा भारतको तर्फबाट विदेश मन्त्रालयका सहसचिवको नेतृत्वमा बैठकमा सहभागिता रहनेछ । बैठकमा तालिम र क्षमता अभिवृद्धिसम्बन्धी द्विपक्षीय सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको सेनाले जनाएको छ ।










-1788856868.jpg)
