Kathmandu Press

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नेपाल बारका सल्लाहकारको निष्कर्ष

नेपाल बार एसोसिएसनको सल्लाहकार समिति बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नेपाल बारका सल्लाहकारको निष्कर्ष

काठमाडौं, कात्तिक ९ : नेपाल बार एसोसिएसनको सल्लाहकार समिति बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सल्लाहकार समितिका ९९.५ प्रतिशत सदस्यले प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष दिएको बैठकपछि अधिवक्ता टीकाराम भट्टराईले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

नेपाल बारको बैठकबाट थप निर्णय लिइने उनले बताए । ‘उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ भन्ने सल्लाहकार समितिको बैठकमा ९९.५ प्रतिशतको सुझाव आएको छ,’ अधिवक्ता भट्टराईले भने, ‘अब नेपाल बारको कार्यसमिति बैठकले यसबारे निर्णय लिन्छ । उहाँले राजीनामा गर्नुभएन भने देशव्यापी आन्दोलन गर्नुपर्छ भन्ने सल्लाह समितिको बैठकको निचोड छ ।’

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्