सर्वोच्चको आधिकारिक ट्रेड युनियनले दियो आन्दोलनको चेतावनी
सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले न्यायालयभित्र देखिएको अहिलेको अवस्थाको तत्काल समाधान नखोजिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
काठमाडौं, कात्तिक ९ : सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले न्यायालयभित्र देखिएको अहिलेको अवस्थाको तत्काल समाधान नखोजिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
आधिकारिक ट्रेड युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन, सर्वोच्च अदालतले संयुक्त विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएका हुन् ।
अदालतभित्र देखिएका विकृति विसंगतिका सम्बन्धमा केही दिनयता प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच असमझदारी भई मुद्दाको सुनुवाइ नै प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै, पछिल्ला दिनमा न्यायालयको जनआस्था खस्काउने खालका गतिविधि भइरहेको र यस्ता अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएकाले अदालतभित्रका विकृति विसंगति अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा न्यायाधीशहरू जिम्मेवारी भई गम्भीरतापूर्वक अविलम्ब समूचित समाधान निकाल्न दुवै संगठनले माग गरेका छन् ।
प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
