Kathmandu Press

न्यूजिल्यान्डसँग भारत नराम्ररी पराजित

काठमाडौं, माघ १७ : न्यूजिल्यान्डसँगको चौथो एकदिवसीय खेलमा भारत नराम्ररी पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतको शुरुआत नै खरा....

न्यूजिल्यान्डसँग भारत नराम्ररी पराजित

काठमाडौं, माघ १७ : न्यूजिल्यान्डसँगको चौथो एकदिवसीय खेलमा भारत नराम्ररी पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतको शुरुआत नै खराब रह्यो । पहिलो विकेट २१ रनमा गुमाएको भारतका नियमित रुपमा विकेट झर्दै गए । उसले ३०.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउँन सक्यो ।

भारतका सात ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेनन् । सबैभन्दा बढी १८ रन योगेन्द्र चहलले बनाए ।

न्यूजिल्यान्डका लागि पाँचै बलरले कसिलो बलिङ गरे । ट्रेन्ट बोल्टले पाँच, कोलिन डि ग्रान्डहोमले तीन, टोड अस्टिल र जेम्स नदीमले एक÷एक विकेट लिए ।

९३ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १४.४ ओभरमै दुई विकेट गुमाएर जित हासिल गर्‍यो । उसका लागि रोस टेलरले ३७, हेन्री निकल्सले ३०, मार्टिन गुप्टिलले १४ र काने विलियमसनले ११ रन बनाए ।

पाँच खेलको एकदिवसीय शृंखलामा भारत ३–१ ले अगाडि छ । पाँचौ खेल तीन फेब्रुअरीमा हुने छ ।

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, माघ १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्