प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा सर्वोच्चका १५ न्यायाधीश, मंगलबारका सबै पेशी ‘बेन्च नबसेको’मा
सर्वोच्च अदालतका १५ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा अनिवार्य भएको निष्कर्ष निकालेका छन्।
काठमाडौं, कात्तिक ९ : सर्वोच्च अदालतका १५ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा अनिवार्य भएको निष्कर्ष निकालेका छन् ।
प्रधानन्यायाधीश जबरासँग भेटेपछि पुनः छलफलमा जुटेका न्यायाधीशहरूले उक्त निष्कर्ष निकालेका हुन् । प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने अडान न्यायाधीशहरूसँग राखेका थिए ।
न्यायाधीशहरू मंगलबार पनि इजलासमा बसेनन् । सोही कारण मंगलबारका लागि तोकिएका आठ इजलासका २१६ थान मुद्दाको सुनुवाइ हुन सकेन । सबै मुद्दाको स्थिति ‘बेन्च नबसेको’मा परेको छ । प्रधानन्यायाधीश जबराले मंगलबार आफूबाहेकको इजलास तोकेका थिए ।
बुधबार बिहान ११ बजे पुनः छलफलमा बस्ने निर्णय गरेका न्यायाधीशहरू भोलि पनि इजलासमा बस्ने सम्भावना कम देखिएको छ ।
प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
