भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

चितवन, कात्तिक ९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छा्।
आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने स्पष्ट पारे।
उनले भनिन्, ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ। अहिले योजना वनाउने काम भइरहेको छ।’ कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो।
फरक प्रसङ्गमा उनले सुकु्म्बासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने जानकारी दिइन्। उनले भनिन् ‘जनताले संविधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।’ लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन हुने बताइन्।
उनले भनिन्, ‘भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।’ अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा कामगर्ने उनको भनाइ थियो। रासस










-1788856868.jpg)
