न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- फैसलामाथि प्रश्न उठेका सबैले राजीनामा दिए म पनि तयार छु
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूलाई भेट्न आएका न्यायाधीशहरूलाई फैसलामाथि प्रश्न उठेका सबैले राजीनामा दिए आफू पनि तयार रहेको जवाफ दिएका छन्।
काठमाडौं, कात्तिक ९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूलाई भेट्न आएका न्यायाधीशहरूलाई फैसलामाथि प्रश्न उठेका सबैले राजीनामा दिए आफू पनि तयार रहेको जवाफ दिएका छन् ।
आफूलाई भेट्न गएका १५ जना न्यायाधीशहरूलाई प्रधानन्यायाधीश जबराले यस्तो जवाफ दिएका हुन् । प्रधानन्यायाधीश जबरालाई भेट्न गएका न्यायाधीशहरूले राजीनामा दिएर मार्गप्रशस्त गर्न सल्लाह दिएका थिए ।
प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट आएकाले सोहीअनुसार कायम रहने जवाफ दिएको एक न्यायाधीशले जानकारी दिए ।
सडक र बाहिरबाट माग्दैमा राजीनामा दिने हो भने न्यायालय बच्न नसक्ने उनको दाबी थियो । फैसलामा प्रश्न उठेका सबै न्यायाधीशले ‘निकास’ दिने हो भने आफू पनि त्यसका लागि तयार रहेको जवाफ उनले दिएका हुन् ।
प्रकाशित मिति: १३:११ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
