संवैधानिक कानून व्यवसायी मञ्चले माग्यो प्रधानन्यायाधीशको राजीनामा
संवैधानिक कानून व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गरेको छ ।
काठमाडौं, कात्तिक ९ : संवैधानिक कानून व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गरेको छ ।
‘न्यायालयजस्तो पवित्र संस्थाको नेतृत्व विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गई जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकाले न्यायपालिकालाई स्वतःस्फूर्त रूपमा अअघि बढ्ने सक्ने वातावरण सिर्जना गर्नुपर्ने अनिवार्यतालाई दृष्टिगत गरी प्रधानन्यायाधीश जबराले राजीनामा गरी सहज निकासको लागि पहल गरिदिन जोडदार आग्रह गर्दछौँ,’ मञ्चले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।
मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले जारी गरेको विज्ञप्तिमा न्याय क्षेत्रका समग्र पक्षहरू, स्वयं न्यायपालिका, कानून व्यवसायी र सेवाग्राहीहरू समेतलाई दूरगामी असर पर्न जाने अवस्था सिर्जना भएकाले न्यायपालिकाको मर्यादामाथि थप आँच आयन नदिन, न्यायपालिकामाथिको जनआस्थालाई जोगाइराख्न तथा न्यायपालिकाको निरन्तर सुधारका लागि न्यायपालिका, यसको नेतृत्व र कानून व्यवसायी सबै संवेदनशील हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ ।










-1788856868.jpg)
