Kathmandu Press

प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको छलफल सकियो, फेरि छलफलमा जुटे १५ जना न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग छलफल गरेर बाहिरिएका सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरू पुनः आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको छलफल सकियो, फेरि छलफलमा जुटे १५ जना न्यायाधीश

काठमाडौं, कात्तिक ९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग छलफल गरेर बाहिरिएका सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरू पुनः आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीशसँगको छलफलमा के कुरा भयो भन्ने खुलाइएको छैन । तर, प्रधानन्यायाधीशसँगको छलफलबाट बाहिरिएलगत्तै थप रणनीति तय गर्न उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्ने तयारी रहेको स्रोतले जनाएको छ । मंगलबार पनि सर्वोच्च अदालतको दैनिक पेशी ठप्प बनेको छ । प्रधानन्यायाधीशबाट ठोस निकास नआएसम्म इजलास बहिष्कार कायम रहने न्यायाधीशहरूले बताएका छन् ।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्