राजीनामाका लागि दबाब दिन प्रधानन्यायाधीशको कार्यकक्षमा सर्वोच्चका १५ न्यायाधीश
सर्वोच्च अदालतका १५ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न उनको कार्यकक्षमा गएका छन्।
काठमाडौं, कात्तिक ९ : सर्वोच्च अदालतका १५ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न उनको कार्यकक्षमा गएका छन् ।
विवादमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश जबरालाई सल्लाह दिन न्यायाधीशहरूले उनलाई भेट्न लागेका हुन् ।
सर्वोच्च स्रोतले १५ जना न्यायाधीशहरू प्रधानन्यायाधीशको कार्यकक्षमा प्रवेश गरेको पुष्टि गरेको छ ।
प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788856868.jpg)
