Kathmandu Press

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, कात्तिक ९ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले उकालो लागेको छ।  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२...
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, कात्तिक ९ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले उकालो लागेको छ।  

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ। उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९०० रुपैयाँ थियो। महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ रुपैयाँ कायम छ। चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो।

 

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, कात्तिक ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्