आज एमालेको देशभर स्थानीय तहको अधिवेशन हुँदै
काठमाडौं, कात्तिक ९ : नेकपा (एमाले)ले आज देशभरका स्थानीय तहमा अधिवेशन गर्न लागेको छ।आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका...
काठमाडौं, कात्तिक ९ : नेकपा (एमाले)ले आज देशभरका स्थानीय तहमा अधिवेशन गर्न लागेको छ।
आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका स्थानीय तहको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसअघि कात्तिक ६ गते वडा अधिवेशनको पनि भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए।
बाढी र पहिरो प्रभावित क्षेत्रबाहेक अन्य वडामा एमालेको वडा अधिवेशन भइसकेको छ। सुदूरपश्चिम, कर्णाली लगायत बाढी प्रभावित क्षेत्रमा वडा अधिवेशन हुन बाँकी छ।
वडा अधिवेशन भएका ति स्थानीय तहमा आज स्थानीय तहका अधिवेशन पनि हुनेछैन। वडा अधिवेशन भएपछि मात्रै स्थानीय तहको अधिवेशन हुने भएको छ।
कात्तिक १५ गतेसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने एमालेको तयारी छ। त्यसपछि जिल्ला र प्रदेश अधिवेशन हुनेछ।
एमालेले १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय भएको छ।
प्रकाशित मिति: ०७:१७ बजे, मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











