Kathmandu Press

मानव बेचबिखनको आरोपमामा दुई पक्राउ

पोखरा, कात्तिक ९ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पोखराको लेकसाईडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा...
मानव बेचबिखनको आरोपमामा दुई पक्राउ

पोखरा, कात्तिक ९ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पोखराको लेकसाईडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्टलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:०१ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्