नेवानिको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त, प्रहरीको राशनमा १५ प्रतिशत वृद्धि
काठमाडौं, कात्तिक ८ : सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निगमका...
काठमाडौं, कात्तिक ८ : सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने र निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेट १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ।
नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्नुका साथै कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: २०:३४ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











