Kathmandu Press

गृह मन्त्रालयले भन्यो- आधिकारिक परिचयपत्र बिना घर तथा कोठा भाडामा नदिनू 

काठमाडौं, कात्तिक ८ : नेपाल सरकार गृह मन्त्रालयले आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन अनुरोध गरेको छ ।मन्त्रालयले...
गृह मन्त्रालयले भन्यो- आधिकारिक परिचयपत्र बिना घर तथा कोठा भाडामा नदिनू 

काठमाडौं, कात्तिक ८ : नेपाल सरकार गृह मन्त्रालयले आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई अनुरोध गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि आग्रह गरेको छ ।

सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

प्रकाशित मिति: १९:२७ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्