Kathmandu Press

पाँचथर बस दुर्घटनामा ज्यान गुमाउने संख्या ४ पुग्यो 

काठमाडौं, कात्तिक ८ : पाँचथरमा आज भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर...
पाँचथर बस दुर्घटनामा ज्यान गुमाउने संख्या ४ पुग्यो 

काठमाडौं, कात्तिक ८ : पाँचथरमा आज भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीको ज्यान गएको हो । दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् ।

घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ ।

दुर्घटनाबाट घाइते भएका अन्यहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस अनियन्त्रित भई दुर्घटना भएको थियो। 

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्