डा. केसीले पनि मागे प्रधानन्यायाधीश जबराको राजीनामा
डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन्। सोमबार विज्ञप्तिमार्फत डा. केसीले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन्।
काठमाडौं, कात्तिक ८ : डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् ।
सोमबार विज्ञप्तिमार्फत डा. केसीले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।
‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायिक विचलनm भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भई न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामा माग गर्छौँ,’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘उहाँको पदीय हैसियतको अवज्ञा गर्नसमेत सरोकारवाला सबैमा अपिल गर्छौँ ।’
तत्काल राजीनामा नदिएमा प्रधानन्यायाधीश जबराको पदमुक्तिका लागि अहिंसात्मक आन्दोलन घोषणा गर्ने डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १८:३३ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











