Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी, कात्तिक ८ : बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी धरान उपमहानगरपालिका–३ बस्ने ३८ बर्षीया रानीकुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत मोरङको २०७६...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी, कात्तिक ८ : बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी धरान उपमहानगरपालिका–३ बस्ने ३८ बर्षीया रानीकुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा कैद भुक्तानका लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 
 

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्