Kathmandu Press

नेतृत्व तहको सिद्धान्तहीनता, व्यक्तिवाद र दक्षिणपन्थलाई परास्त गर्न तल्ला कमिटीको निर्वाचन महत्त्वपूर्ण : भुसाल

एमाले उपमहासचिव घनश्याम भुसालले नेतृत्व तहको सिद्धान्तहीनता, व्यक्तिवाद, अराजकतावाद र दक्षिणपन्थलाई परास्त गर्न तल्ला कमिटीको निर्वाचन महत्त्वपूर्ण हुने बताएका छन्।
नेतृत्व तहको सिद्धान्तहीनता, व्यक्तिवाद र दक्षिणपन्थलाई परास्त गर्न तल्ला कमिटीको निर्वाचन महत्त्वपूर्ण : भुसाल

काठमाडौं, कात्तिक ८ : एमाले उपमहासचिव घनश्याम भुसालले नेतृत्व तहको सिद्धान्तहीनता, व्यक्तिवाद, अराजकतावाद र दक्षिणपन्थलाई परास्त गर्न तल्ला कमिटीको निर्वाचन महत्त्वपूर्ण हुने बताएका छन् ।

९ कात्तिकमा पार्टीका पालिकास्तरीय कमिटीको अधिवेशन हुन लागेको सन्दर्भमा भुसालले सामाजिक सञ्जालमार्फत आफ्नो विचार पस्केका हुन् ।

‘पालिकास्तरको नेतृत्वको क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारन्टी गर्न सकियो भने माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुुध्न र परास्त गर्न सकिन्छ,’ भुसालले भनेका छन्, ‘त्यसैले भोलि हुने पालिकास्तरका अधिवेशनहरूमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरुको निर्वाचन हुने कुुराको औधी महत्व छ । लाखौँ सदस्य, समर्थक तथा शुुभचिन्तकहरूको अकथनीय त्याग र मिहिनेतले निर्मित यस पार्टीको रक्षा र विकासमा पालिका अधिवेशनहरूले योगदान गर्न सक्षम हुनेछन् भन्ने शुभकामना व्यक्त गर्दछुु ।’

एमाले १० औं महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै भुसालले दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशामा लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्न विकसित गरिएको कार्यदिशा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धी रहेको उल्लेख गरेका छन् ।

‘यद्यपि, त्यसअनुुरूप समाजवादको लागि आजको ठोस कार्यक्रम र त्यसैअनुुरूप संगठनात्मक योजना निर्माण गर्न बाँकी छ । दलाल पुँजीवादका विरुद्ध विचार, सिद्धान्त, राजनीति र संगठनका क्षेत्रमा तयारी गर्दै र त्यसका आधारमा सिंगो पार्टीलाई एकताबद्ध पार्दै अगाडि बढ्न सक्यौँ भने हामीले जुनसुकै चुुनौतिलाई सामना गर्न सक्नेछौँ,’ उनले भनेका छन्, ‘संक्षेपमा, दलाल पुुँजीवादका विरुद्ध लड्न सक्ने पार्टी कमिटीहरूको निर्माण गर्नु हाम्रा लागि सबैभन्दा महत्त्वको काम हो ।’

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्