Kathmandu Press

प्नधानमन्त्री देउवाले रिक्त २२ सांसद पदको उपनिर्वाचनबारे दलहरूसँगको छलफलपछि निर्णय लिने

काठमाडौं, कात्तिक ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ १८ गरी रिक्त २२ सांसद पदको उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निर्णय लिने बताएका...
प्नधानमन्त्री देउवाले रिक्त २२ सांसद पदको उपनिर्वाचनबारे दलहरूसँगको छलफलपछि निर्णय लिने

काठमाडौं, कात्तिक ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ १८ गरी रिक्त २२ सांसद पदको उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निर्णय लिने बताएका छन्।

निर्वाचन आयोगका पदाधिकारीहरूसँग आज (सोमबार) बालुवाटारमा भएको छलफलका क्रममा उनले उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने बताएका हुन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवासमक्ष प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए।

त्यसैगरी थपलियाले स्थानीय निर्वाचन, राष्ट्रियसभातर्फ फागुन २१ गते रिक्त हुने १९ सदस्यको ठाउँमा नयाँ पूर्ति गर्न निर्वाचन गर्ने सम्बन्धमा पनि राय मागेका थिए।      

त्यसबारे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग छलफल गरेर यसबारे निष्कर्ष निकालिने बताएको सहसचिव यज्ञप्रसाद भट्टराईले बताए। 

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल झन्डै डेढ वर्ष बाँकी छ।

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्