Kathmandu Press

शिक्षामन्त्री पौडेलसँग युुनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट

काठमाडौं, कात्तिक ८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन्।शिक्षा, विज्ञान तथा प्रविधि...
शिक्षामन्त्री पौडेलसँग युुनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट

काठमाडौं, कात्तिक ८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो। सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट पारेका थिए ।

मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालमा शिक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। सो भेटका अवसरमा नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षा क्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गरेका थिए।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो।

 

प्रकाशित मिति: १५:५० बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्