Kathmandu Press

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं,  कात्तिक ७ : सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ।आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७र७८...
सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं,  कात्तिक ७ : सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ।

आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७र७८ को वितरण योग्य मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) गरी १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको हालको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख १९ हजार एक सय ९५ रुपैयाँ रहेको छ। त्यसबाट १४.२५ प्रतिशत (१ अर्ब ५६ करोड २१ लाख २७ हजार ६ सय ३६ रुपैयाँ) बोनस सेयर तथा ०.७५ प्रतिशत (८ करोड २२ लाख १७ हजार २ सय ४४ रुपैयाँ) नगद लाभांश प्रस्ताव गरिएको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ।

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्