राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुनमा सकिँदै, माघमा निर्वाचन गर्न आयोगको सिफारिस
काठमाडौं, कात्तिक ८ : निर्वाचन आयोगले राष्ट्रियसभाको फागुन पहिलाे साता रिक्त हुने २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ।प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं, कात्तिक ८ : निर्वाचन आयोगले राष्ट्रियसभाको फागुन २१ मा रिक्त हुने १९ पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग आज (सोमबार) भएको भेटमा आयोगले रिक्त हुने सदस्यको ठाउँमा नयाँ सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो।
संविधानको धारा ८६ (३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुन २१ देखि १९ राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि नयाँ सदस्य पूर्तिका लागि आयोगले माघमा चुनाव गर्न सिफारिस गरेको हो।
२०७५ असार ४ मा सम्पन्न गोलप्रथाबाट चारवर्षे अवधिका लागि छनोट भएका राष्ट्रिय सभाका सदस्यहरू यसप्रकार छन्ः
१. अगमप्रसाद बान्तवा राई
२. उदया शर्मा पौडेल
३. कविता बोगटी
४. कोमल वली
५. खिमकुमार विक
६. चक्रप्रसाद स्नेही
७. दृगनारायण पाण्डेय
८. जीवन बुढा
९. ठगेन्द्रप्रकाश पुरी
१०. तारादेवी भट्ट
११. दनिानाथ शर्मा
१२. नैनकला ओझा
१३. परशुराम मेघी गुरुङ
१४. राधेश्याम अधिकारी
१५. रामलखन चमार
१६. रामनारायण बिडारी
१७. शशीकला दाहाल
१८. शान्तिकुमारी अधिकारी जिसी
१९. शेरबहादुर कुँवर
२०. सुमनराज प्याकुरेल
गत जेठ १७ गते भएको उपनिर्वाचनबाट चन्द्रबहादुर खड्काको स्थानमा दृग नारायण पाण्डेय निर्वाचित भएका हुन्।











