Kathmandu Press

काठमाडौंमा ९ कात्तिकबाट एस्ट्राजेनेकाको दोस्रो डोज

काठमाडौं, कात्तिक ८ : कात्तिक ९ गतेदेखि काठमाडौंका ८ वटा स्थानीय तहमा कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने भएको छ।काठमाडौंका ८ वटा...
काठमाडौंमा ९ कात्तिकबाट एस्ट्राजेनेकाको दोस्रो डोज

काठमाडौं, कात्तिक ८ : कात्तिक ९ गतेदेखि काठमाडौंका ८ वटा स्थानीय तहमा कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने भएको छ।

काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार जारी सूचनामा जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइने छ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्टाजेनेकाको दोस्रो डोज लगाइने सूचनामा भनिएको छ ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ। यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुनेछन् ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्