प्रधानन्यायाधीशलाई मंगलबार भेटेर संयुक्त धारणा राख्ने सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष
प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार उनीसँग भेटेर संयुक्त धारणा राख्ने निष्कर्ष निकालेका छन् ।
काठमाडौं, कात्तिक ८ : प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार उनीसँग भेटेर संयुक्त धारणा राख्ने निष्कर्ष निकालेका छन् ।
सर्वोच्चका १३ जना न्यायाधीशहरूको सोमबारको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । हाल अदालतमा देखिएका विचलन र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको भूमिकाबारे न्यायाधीशहरूको बैठकमा समीक्षा भएको थियो ।
करिब अढाइ घण्टा चलेको न्यायाधीशहरूको बैठकका कारण सोमबारका लागि तय भएका सर्वोच्च अदालतका करिब दुई सय १७ वटा मुद्दाको पेशी प्रभावित भएको छ ।
न्यायाधीशहरूले आइतबार फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका थिए ।
प्रकाशित मिति: १४:२३ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











