Kathmandu Press

नेपोलीमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, साउन २६ : स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ।

गएराति अमेरिकाको मिसिगनमा भएको मैत्रिपूर्ण खेलमा ब....

नेपोलीमाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, साउन २६ : स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ।

गएराति अमेरिकाको मिसिगनमा भएको मैत्रिपूर्ण खेलमा बार्सिलोनाले नेपोलीलाई ४–० गोल अन्तरले हराएको हो। 

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले चारै गोल दोस्रो हाफमा गर्न सफल भयो। बार्सिलोनाका लागि खेलको ४८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाए। 

यस्तै, खेलको ५६ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए। एथ्लेटिको मड्रिड छोडेर बार्सिलोनामा आबद्ध भएपछि ग्रिजम्यानको यो पहिलो गोल हो।

५८ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० को अग्रता लिन सफल भयो। खेलको ६३ औं मिनेटमा उसामाने डेम्बेलेले गोल गरेपछि बार्सिलोना नेपोलीमाथि ४–० को फराकिलो जित निकाल्न सफल भयो।

प्रकाशित मिति: ०७:४५ बजे, आइतबार, साउन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्