Kathmandu Press

पाँचथर बस दुर्घटना अपडेट : घाइतेमध्ये दुईको मृत्यु

पाँचथर,  कात्तिक ८ : पाँचथरको फिदिम नगरपालिका ४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।उपचारका लागि समर्पित अस्पतालमा...
पाँचथर बस दुर्घटना अपडेट : घाइतेमध्ये दुईको मृत्यु

पाँचथर,  कात्तिक ८ : पाँचथरको फिदिम नगरपालिका ४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीको सनाखत भने भएको छैन् । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको उक्त अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ जना बालबालिका छन्।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत ४ जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए। जिल्ला अस्पताल सहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई थप उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा भएको थियो। अर्को सवारीको साधनलाई उचिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करीब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरु घाइते भएका थिए।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्