Kathmandu Press

एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल, कात्तिक ८ : प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ।आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन...
एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल, कात्तिक ८ : प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ।

आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आज (सोमबार) का लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

एमाले संसदीय दलले लिखित अनुरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

अर्को बैठक कात्तिक ११ गते बिहीबारका लागि बोलाइएको छ। असोजमा पनि एमाले विधान अधिवेशनका कारण बैठक स्थगित गरिएको थियो।

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्