Kathmandu Press

आरबिबी मर्चेन्टकाे वार्षिक साधारणसभा कात्तिक ३० मा

काठमाडौं, कात्तिक ८ : आरबिबी मर्चेन्ट बैंकिङको छैटौं वार्षिक साधारणसभा कात्तिक ३० गते हुने भएको छ।साधारण सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार...
आरबिबी मर्चेन्टकाे वार्षिक साधारणसभा कात्तिक ३० मा

काठमाडौं, कात्तिक ८ : आरबिबी मर्चेन्ट बैंकिङको छैटौं वार्षिक साधारणसभा कात्तिक ३० गते हुने भएको छ।

साधारण सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो ३ बजे सुरु हुने बताइएको छ।

सो साधारणसभामा आरबिबीले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्ताव पारित गर्नेछ।

साधारणसभामा आर्थिक वर्ष ०७७र७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल, आर्थिक वर्ष ०७८र७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार पार्ने, नाफा–नोक्सानलगायत विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्