Kathmandu Press

होटल संघ नेपाल (हान) का पूर्वअध्यक्ष श्रेष्ठको निधन

काठमाडौं, कात्तिक ८ : होटल संघ नेपाल (हान) का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज...
होटल संघ नेपाल (हान) का पूर्वअध्यक्ष श्रेष्ठको निधन

काठमाडौं, कात्तिक ८ : होटल संघ नेपाल (हान) का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज (सोमबार) उनकाे निधन भएको हो। हानले श्रेष्ठको निधनले मर्माहत भएको भन्दै यसबाट समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको बताएको छ।

श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए। उनले सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए। 

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्