Kathmandu Press

पाँचथर बस दुर्घटना : ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ।
पाँचथर बस दुर्घटना : ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक

पाँचथर, कात्तिक ८ : पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ। फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न  सडकको डिलबाट अगाडि बढ्दा  करिब २० मिटर तल खोेँचमा झरेको थियो।

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ। दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो।

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्