Kathmandu Press

पाँचथरको फिदिममा बस दुर्घटना, ४० जना घाइते

पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन् । बस अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरको फिदिममा बस दुर्घटना, ४० जना घाइते

पाँचथर, कात्तिक ८ : पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन् । फिदिमदेखि झापाको दमक चल्ने को १ ख ३८६५ नम्वरको बस फिदिम ४ सरखण्डेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बसमा ६० भन्दा धेरै यात्रु रहेको बताइएको छ। प्रहरीका अनुसार बस सडकबाट पल्टेर ५० मिटर तल रहेको अर्को गोलाइमा पुगेको छ। दुर्घटनामा घाइते भएकामध्ये कम्तिमा १५ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा र समर्पित अस्पतालमा उपचारका लागि ल्याइएको छ। घटनावारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्