Kathmandu Press

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, कात्तिक ८ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। छापावाल सुन आइतबार...
बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, कात्तिक ८ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला  ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहेको छ। तेजाबी सुनकोे मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६५ पुगेको छ। चाँदी आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्