Kathmandu Press

नवलपरासीबाट पटाका बरामद

नवलपरासीबाट पटाका बरामद

परासी, कात्तिक ८ : नवलपरासीको प्रतापपुर गाउँपालिका–३ सोमनीबाट करिब १ लाख ३० हजार रूपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकलमा ल्याउदै गरेका उक्त पटाकाहरु सोही स्थानमा छोडेर मोटरसाइकलसहित व्यक्ति फरार भएपछ िप्रहरीले उक्त पटाकाहरु बरामद गरेको हो।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्