Kathmandu Press

भरुवा बन्दुकसहित एक पक्राउ

रुकुम पश्चिम, कात्तिक ८ : रुकुम पश्चिममा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।बाँफिकोट गाउँपालिका–१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वली...
भरुवा बन्दुकसहित एक पक्राउ

रुकुम पश्चिम, कात्तिक ८ : रुकुम पश्चिममा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

बाँफिकोट गाउँपालिका–१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वली भरूवा बन्दुकसहित सोमबार बिहान पक्राउ परेका हुन् ।

घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेको तर नलागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्