Kathmandu Press

प्रधानन्यायाधीशसम्बन्धी विवादमा धारणा बनाउन नेपाल बारको बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्बन्धमा उत्पन्न विवादबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक केहीबेरमा सुरु हुँदैछ।
प्रधानन्यायाधीशसम्बन्धी विवादमा धारणा बनाउन नेपाल बारको बैठक बस्दै

काठमाडौं, कात्तिक ८ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्बन्धमा उत्पन्न विवादबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक केहीबेरमा सुरु हुँदैछ ।

सर्वोच्च अदालतका दैनिक कार्य सञ्चालनमा मनोमानी गरेकोलगायत विवादका कारण प्रधानन्यायाधीश जबरा चौतर्फी घेराबन्दीमा परेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबार डेढ बजेका लागि बोलाएको फुलकोर्ट बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशले सहभागी नहुने आइतबार निर्णय गरेका थिए । अहिले केहीबेरमा न्यायाधीशहरूले पनि अनौपचारिक छलफल गर्न लागेको सर्वोच्च स्रोतले जनाएको छ ।

बार महासचिव लीलामणि पौडेलले यस प्रकरणबारे धारणा बनाउन बैठक बस्न लागेको जानकारी दिए । ‘आजै धारणा सार्वजनिक हुन सक्छ,’ पौडेलले भने ।

सर्वोच्चका न्यायाधीशहरू नै प्रधानन्यायाधीशका काम कारवाहीप्रति असन्तुष्ट देखिँदा नेपाल बार भने केही नरम देखिएको छ । सोमबार बोलाइएको फुलकोर्ट बैठकमा वरिष्ठ अधिवक्ताको उपाधि वितरणबारे पनि निर्णय गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ११:११ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्