Kathmandu Press

११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ

रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।
११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ

काठमाडौं, कात्तिक ८ : प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ। बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए। उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको बताइएकाे छ।

प्रकाशित मिति: १०:४९ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्