अमेरिकाले दिएको फाइजर खोप आज काठमाडौं पुग्दै
काठमाडौं, कात्तिक ८ : अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको फाइजर खोप आज काठमाडौं आइपुगन लागेको छ।अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज खोप...
काठमाडौं, कात्तिक ८ : अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको फाइजर खोप आज काठमाडौं आइपुगन लागेको छ।
अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज खोप दिएको छ। अमेरिकाबाट पठाएको खोप आज काठमाडौं पुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि पनि अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप दिएको थियो। यो खोप एक डोज लगाए मात्र पुग्छ।
अहिले दिएको फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि लगाउन मिल्छ। यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानमा देखिएको छ।
फाइजर खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।
यसपछि अमेरिकाबाटै ६० लाख फाइजर खोप खरीद गर्न लागिएको छ। पुसम्म आउने खोप बालबालिकालाई लगाइनेछ।
प्रकाशित मिति: ०८:१० बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1757142095.jpg)




-1757142095.jpg)


