Kathmandu Press

टि-२० विश्वकप : पाकिस्तानले भारतलाई १० विकेटले हरायो

काठमाडौं, कात्तिक ८ : टि-२० विश्वकपमा पाकिस्तानले सानदार जित हासिल गरेको छ। दुबईमा आइतबार राति भएको सुपर १२ को खेलमा पाकिस्तानले भातरविरुद्ध १०...
टि-२० विश्वकप : पाकिस्तानले भारतलाई १० विकेटले हरायो

काठमाडौं, कात्तिक ८ : टि-२० विश्वकपमा पाकिस्तानले सानदार जित हासिल गरेको छ। दुबईमा आइतबार राति भएको सुपर १२ को खेलमा पाकिस्तानले भातरविरुद्ध १० विकेटको सानदार जित हासिल गरेको हो।

पाकिस्तानले विश्वकपमा भारतविरुद्ध निकालेको यो पहिलो जित हो। भारतविरुद्ध पाकिस्तानलाई ऐतिहमासिक जित दिलाउन कप्तान बाबर अजाम र मोहम्मद रिजवानले कीर्तिमानी साझेदारी गरे।

१५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले लागि १७.५ ओभरमा बिना क्षति भेट्टायो। उसका लागि अजाम र रिजवानले १५२ रनको साझेदारी गरे।

\रिजवानले ५५ बलमा ६ चौकार ३ छक्का प्रहार गर्दै सर्वाधिक ७९ रन बनाए। त्यस्तै, अजामले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाए।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनायो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कोहलीको यो टि-२० विश्वकपमा १०औं अर्धशतक हो।

यस्तै, ऋषव पन्त ३९ रनमा बनाउँदा रविन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादव र हार्दिक पान्डयले समान ११ रन बनाए। पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ विकेट तथा हसन अलीले २ विकेट लिए।

प्रकाशित मिति: ०६:५३ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्