Kathmandu Press

माधव नेपालबाहेक अरूलाई एमालेमा फर्कन ओलीको आग्रह

काठमाडौं, कात्तिक ७ : एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) मा रहेका पूर्व एमाले नेता कार्यकर्तालाई फर्किन आग्रह गरेका छन् ।आज (आइतबार) गृहजिल्ला...
माधव नेपालबाहेक अरूलाई एमालेमा फर्कन ओलीको आग्रह

काठमाडौं, कात्तिक ७ : एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) मा रहेका पूर्व एमाले नेता कार्यकर्तालाई फर्किन आग्रह गरेका छन् ।

आज (आइतबार) गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाललाई भने एमालेले लिन नसक्ने बताए।

उनले एमाले देश बनाउन हिँडेका साथीहरूको पार्टी भएको उल्लेख गर्दै उनले भने, ‘माधव नेपालजस्ता देशीविदेशी तत्वहरुको सेवामा, उनीहरूसँग साँठगाँठ गरेर, कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरूका लागि यो पार्टीले लिँदैन।’

उनले नेता नेपालकाे पछि लाग्नुको कुनै  औचित्य नभएको बताए। ‘माधव नेपालको पछि लागेका दुईचार जना अलमलमा परेको देखेर अचम्म लाग्छ। के देख्या होला?’ ओलीले भने।

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्